दुघर्टनामा परेर सुवेदीको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२, सानोठिमी हलेसीमार्ट नजिक भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटी ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश २६८७ नम्वरको स्कुटी र बागमती प्रदेश–०२–०३७ प १८५२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार धादिङ गजुरी गाँउपलिका–७ घर भई हाल काठमाडौं नयाँबजार बस्ने १७ वर्षीया आयुषा सुवेदी रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, दुर्घटनामा परेर गम्भीर भएका उनको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा मध्यपुर ठिमी नगरपालिका–२ मगरगाँउ बस्ने ३५ वर्षीया पुष्पा थापा मगर, ७ वर्षीय समर्जन थापा मगर र झापा कमल गाउँपालिका घर भई हाल सूर्यविनायक नगरपालि–२ बालकोट बस्ने १८ वर्षीय करण दाहाल रहेका छन् ।
दुवै सवारी साधन प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा रहेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
