ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार १०:३८

काठमाडौं । वीरगञ्जमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । यही कात्तिक १३ गते ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका वीरगञ्ज महानगरपालिका–३२ मा ५९ वर्षीय चोकट महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ट्याक्टरको ठक्करबाट सख्त घाइते भएका महतोको आज बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरका चालक भने अझै फरार रहेको र उनको खोजी कार्य भइरहेको जनाइएको छ ।