मकवानपुरमा थप ५२ जनामा डेंगु संक्रमण
मकवानपुर । मकवानपुरमा थप ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा मनहरी गाउँपालिकाका रहेका छन् । त्यहाँ एकैदिन ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, हेटौंडा उपमहानगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कूल संख्या ५ हजार २३६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा २ हजार ८८९ जना पुरुष र २ हजार ४४९ जना महिला रहेका छन् ।
जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
