मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते

तु खबर संवाददाता
२०७९ कार्तिक १६, बुधबार ०७:५९

मकवानपुर । मकवानपुरमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ सुनाचुरीस्थित पुर्व–पश्चिम सडकखण्डमा बागलुङबाट बिरगंजतर्फ जानको लागि हेटौंडा आउँदै गरेको ग १ ख ७९०३ नमवरको बसले विपरित दिशाबाट जाँदै गरेको ना ३५ प १८३४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक् जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक पर्साको बिरगंज उपमाहानगरपालिका जितपुर बस्ने अन्दाजी ३२ वर्षीय सुदिप श्रीवास्तव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, घाइते सुदिपलाई उपचारको लागि चितवनको भरतपुरतर्फ पठाएको छ । घाईतेको खुट्टा र अनुहारमा चोट लागेको छ । यस्तै, प्रहरीले बस, बस चालक र मोटरसाइकललाइै नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।