जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्कोमा शनिबार साँझ स्कोरपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हाल नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले ठक्कर दिँदा अन्दाजी २६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे बाटोमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
