नवलपुर दुर्घटना अपडेट : मृतक सबैको सनाखत

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार १०:००

नवलपरासी । नवलपरासी पूर्व नवलपुरमा आज बिहानै बस दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्वरको बस दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा क्रमशः रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेका छन् । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बस चालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने २९ वर्षीय दिल कुमार श्रेष्ट, सहचालक रामपुर–४ बेझाडका २४ वर्षीय साजन श्रेष्ठ, रम्भा गाउँपालिका–१ बस्ने ४ वर्षीय अंकित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविण सुनार, २० वर्षीय रामबहादुर बिक, २१ वर्षीय रिता बिक, २५ वर्षीय कासीराम बिक, २० वर्षीय बिशाल बिक, १ वर्षीया आइसा बिक, १६ वर्षीय अविनाश बिक, ७ वर्षीया पुष्पा बिक, ४७ वर्षीय मेघनाथ बिक रहेका छन् ।

यसैगरी, स्याङ्जा बेलचौर नगरपालिका–९ बस्ने २५ वर्षीय दिलमाया राना, ३ वर्षीय रविन राना, पाल्पा झडेवा बस्ने ३२ वर्षीय सुमित्रा बिक, रम्भा–१ बस्ने १५ वर्षीया रिमा बिक, ३२ वर्षीया सन्जु सुनार, ३८ वर्षीय प्रेम बहादुर सुनार, २० वर्षीय आषिश सुनार, २० वर्षीय बिजय बिक, ३६ वर्षीया माया बिक, स्याङजा गल्याङ–८ बस्ने ३५ वर्षीय मनोजकुमार बिक, गल्याङ–९ बस्ने ३० वर्षीया सरिता माझी, गल्याङ–८ बस्ने ३० वर्षीया उमाकुमारी बिक, गल्याङ–९ बस्ने ३१ वर्षीया रामु राना, पाल्पा रम्भा–१ बस्ने १२ वर्षीया अस्मिता सुनार, रम्भा–१ बस्ने ४७ वर्षीया ओमबहादुर बिक घाइते भएक छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको छ ।