नवलपुरमा आज बिहानै बस दुर्घटना, पाँच जनाको मृत्यु
नवलपरासी । नवलपरासी पूर्व नवलपुरमा आज बिहानै बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्वरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा २५ जना घाइते भएका छन् । हाल घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ ।मृतकहरुको हाल सनाखत हुन सकेको छैन । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
