पिकनिक खान गएका दुई जना भेरी नदीमा डुबेर बेपत्ता
सुर्खेत । वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) रहेका छन् ।
उनीहरू शनिबार दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए । उनीहरूको खोजी कार्य भइरहेको जनाइएको छ ।
