मोटरसाइकल दुर्घटना हुँदा बस्नेतको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १२, शनिबार १०:०७

काठमाडौं । तुलसीपुरको मदनआश्रित चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल पल्टिदा बस्नेत घाइते भएका थिए । घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।