ट्रकको ठक्करबाट मजदुरको मृत्यु
२०७९ कार्तिक ६, आईतवार १४:४७
वीरगञ्ज । बाराको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ । सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा–५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
प्रहरीका अनुसार, उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ ख ०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बेहोस् भएका चौधरीलाई उद्धार गरेर वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएको थियो । अस्पतालका चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।
