बझाङ जिप दुर्घटनामा परेर ७ जनाको मृत्यु
बझाङ । बझाङको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै बुधबार जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्वरको जीप दुर्घटना भएको हो । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा मष्टा गाउँपालिका २ का १३ वर्षीया सम्झना खडका, १५ वर्षीय रोसन खडका, १६ वर्षीय प्रचण्ड खडका, २८ वर्षीय बसन्ती धामी, ३७ वर्षीय बिरेन्द्र अधिकारी, ७ महिनाकी दत्शिका कठायत र शुक्लाफाटा ७ का झरेन्द्र बोहरा रहेका छन् ।
यस्तै, उक्त दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीय रोशनी धामी, सिंहवीर बुढा, जीप चालक ३५ वर्षीय राजेश रोकाया,४ वर्षीय सिर्जन सिंह, ११ वर्षीय अम्बिका सिंह, ५० वर्षीय सिन्किदेवि भण्डारी, २५ वर्षीय कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, मष्टा १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिश ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ वर्षीय बिरबहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीय हेमन्ती सिंह रहेका छन् ।
घाइतेहरुमध्ये गम्भीर घाइते भएका ५ जनालाई नेपालगञ्ज रिफर गरिएको छ भने अन्य ११ जना घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
