बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २, बुधबार १७:३४

बझाङ । बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार, हाल दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।