तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फागुन ५ बाट हुने
मकवानपुर, १६ पुस । विनाशकारी भुकम्पमा परि निधन भएका स्वर्गीय खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्दै आएको हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन ५ गतेबाट हेटौँडामा हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले प्रतियोगिता फागुन १२ गतेसम्म हुने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै खड्गीलाई यो प्रतियोगिता अघिका प्रतियोगिता भन्दा भव्य हुने समेत दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा गोल्डकप सयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषले प्रतियोगितामा ए डिभिजनका मनाङ मस्र्याङ्दी, थ्रि स्टार, एपिएफ सहभागि हुने बताएका छन् । त्यस्तै हेटौँडाको विजय युथ, खप्तड, झापा ११ तथा साहारा क्लबको समेत प्रतियोगितामा सहभागिता रहने उनले जानकारी दिए । गोल्डकप हेटौँडाको वन विज्ञान सँस्थानको चौरमा हुने छ ।
