दुर्घटनामा परेर चार जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गएराति ट्रयाक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ट्रयाक्टर चालक मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पा रहेका छन् । दुर्घटनामा परेर उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।
