भोलि सार्वजनिक विदा
काठमाडौं । नेपाल सरकारले भोलि मंगलबार देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
