दुर्घटनामा परेर पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २८, शुक्रबार १७:००
File Photo

वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटनामा परेर एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरिया नगरपालिका–१ वनकटुवा बस्ने ६० वर्षीय विगा राम रहेका छन् ।

बुधबार बिहान १० बजे पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्वर २४ बहुअरी चोकमा लरीको ठक्करबाट रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ड्राईपोर्टबाट परवानिपुर तर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लहरीले बाटो काट्दै गरेका रामलाई ठक्कर दिएको थियो ।

लहरीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्वर १९ बिन्दवासिनी बस्ने २४ बर्षीय सुजित यादवलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।