जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय हरिवनले दुबै सवारी साधन र जिप चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको जनाएको छ ।
