मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १६:१६
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको भीमफेदीमा खोलाले बगाएको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ८ इपा खोलाले बगाएको अवस्थामा अन्दाजी ३२ वर्षीय एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

उक्त शवको हाल सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, मृतक पुरुषको शव आज बिहान अर्धनग्ङ अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासथ इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलमा पुगेको र शवको मुलुल्का उठाई पोस्टमार्टमको हेटौंडा तर्फ ल्याउँदै गरेको प्रहरी निरीक्षक कार्कीले बताइन् ।