बस दुर्घटनामा परेर १२ जना घाइते
काठमाडौं । रामेछापको भिरपानीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रामेछापबाट काठामाडौं तर्फ जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको बस दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते सबैलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये एक जना गम्भीर घाइते रहेका छन् । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
