कमल थापा सुर्य चिन्हबाट चुनाव लड्ने, रानाको टिकट खोसियो
मकवानपुर । नेकपा एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा रामेश्वर रानाको टिकट खासेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने भएको छ ।
मकवानपुर क्षेत्र नम्वर १ मा सुर्य चिन्हबाट चुनाव लड्ने गरी थापाले टिकट पाएको राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले जानकारी दिए ।
यसअघि एमालेले सो क्षेत्रमा रामेश्वर रानालाई टिकट दिएको थियो । एमालेले रानालाई ब्याक गराएर थापालाई उम्मेदवारको रुपमा अघि सारेको हो ।
