मकवानपुरमा एकैदिन १३७ जनामा डेंगु संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडामा
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १३७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ८३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका ४७ जना, भीमफेदी गाउँपालिकाका एक जन र अन्य जिल्लाका एक जना गरी १३७ जनालाई डेंगु संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ३ हजार ३११ जना पुगेको छ । जसमध्ये १ हजार ८५९ जना पुरुष र १ हजार ४५२ जना महिला रहेका छन् । जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
