एमाले र जसपाबीच चुनावी तालमेल
काठमाडौँ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको सहमति भएको छ ।
शनिबार एमाले महासचिव शंकर पोखरेलले दुई पार्टीबीच सहमति भएको जानकारी दिएका हुन् ।
दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १४ जिल्लामा तालमेलको सहमति भएको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कैलाली, मोरङ र सुनसरीमा गरी प्रतिनिधि सभाका लागि जसपाले १७ सिट पाउने भएको छ । एमालेले भने ३५ सिट लिने सहमति भएको छ ।
प्रदेशसभातर्फ भने एमालेले ७० सिट र जसपाले ४२ सिट लिने गरी सहमति भएको छ ।
जसपाले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा नमिलेपछि एमालेसँग सहमति गरेको हो ।
