आज दसैंको टीकाको तेस्रो दिन

तु खबर संवाददाता
२०७९ आश्विन २१, शुक्रबार १०:३२

मकवानपुर । आज दसैंको टीकाको तेस्रो दिन मान्यजनको हातबाट टीका ग्रहण गर्ने क्रम जारी छ ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ । नेपालको पश्चिमी भेकका केही स्थानमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ ।