३ नम्वर पुलमा यात्रुबाहक बस दुर्घटनाः १५ जनाको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बारा जिल्लाको अमलेखगञ्ज नजिकै तीन नम्वर पुलस्थित खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा १० जनाको र ३ जनाको हेटौंडास्थित हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा मृत्यु भएको हो ।
नारायणगढबाट वीरगन्ज जाँदै गरेको बा ०६–००१ ख–०११० नम्बरको बस बिहीबार बिहान साढे १० बजे तीन नम्बर पुल नजिकैको मोडमा सडकबाट खोलामा खसेर दुर्घटना भएको हो ।
बस दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएको छ ।
