मोटरसाइकलको ठक्करबाट गिरीको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १७:३७

काठमाडौं । काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरी रहेका छन् । बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा आज बिहान मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, मोटरसाइकलको पछाडी बसेका एक जना घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालक भने हाल फरार रहेका छन् । उनको खोजी कार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।