एमाले मकवानपुरद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना
मकवानपुर । नेकपा एमाले मकवानपुरले बिहीबार हेटौंडामा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज रामेश्वर राना र पार्टीका जिल्ला अध्यक्ष श्रेष्ठले सहभागी सबैलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु क्रमशः कृष्ण प्रसाद दाहाल, जुनेली श्रेष्ठ, एमालेका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले नेता अनन्त पौडेल, एमालेका बागमती प्रदेशका उपसचिव महेश कुमार बर्तौला, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, सचिव भिमसेन महत लगायतका विभिन्न राजनीतिक दलहरुको सहभागिता रहेको थियो ।
