मकवानपुरमा ११२ जना डेंगु संक्रमित थपिए, हेटौंडामा मात्रै ९४ जना

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार १७:२०

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार ८७६ जना पुगेको छ । जसमध्ये १ हजार ६१३ जना पुरुष र १ हजार २६३ जना महिला रहेका छन् ।

जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।