दुर्घटनामा परेर ४ जना घाइते

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार ०९:०२

काठमाडौं । पाल्पाको रैनादेवी छहरा–४ मा गएराति जिप दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । बुटवलबाट यात्रु लिएर पाल्पाको जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्वरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा स्थानीय हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन र छविलाल रास्कोटी रहेका छन् । जिपमा १० जना यात्रु रहेको थिए । घाइतेलाई उपचारको लागि पाल्पाकै मिसन अस्पताल तानसेनमा लगिएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।