त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार १८:२६
file-photo

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउन नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य रोक्न आग्रह गरेको हो ।

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको सो कार्य रोक्न भनिएको हो । साथै सो कार्य गरिएको खण्डमा प्रचलित कानून बमोजिम कारबाही गरिने जारी सूचना उल्लेख गरिएको छ ।