मकवानपुरमा ७३ जना डेंगु संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार १७:३९
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ७ जना र मनहरी गाउँपालिकाका २३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार ७६४ जना पुगेको छ । जसमध्ये १ हजार ५५१ जना पुरुष र १ हजार २१३ जना महिला रहेका छन् ।

जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।