सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र कपुरकोटमा रा १ ज ५६३ नम्वरको जीप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् ।
यस्तै, सोही दुर्घटना परेर एक जना घाइते भएका छन् । घाइते हुनेमा तीलक वली रहेका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालकसहित ९ जना थिए ।
