मकवानपुरमा थप १८५ जना डेंगु संक्रमित थपिए, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ एकैदिन १५३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती गाउँपलिकाका ३ जना, कैलाश गाउँपालिकाका एक जनाल, मनहरी गाउँपालिकाका १२ जना, भीमफेदी गाउँपालिकाका ७ जना, बकैया गाउँपालिकाका २ जना, राक्सिराङ गाउँपालिकाका १ जना र अन्य जिल्लाका १ डेंगु संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार ६९१ जना पुगेको छ । जसमध्ये महिला १ हजार ५०६ जना पुरुष र १ हजार ८८५ जना महिला रहेका छन् । जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
