मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार, ६ जनालाई काठमाडौं पठाइयो

तु खबर संवाददाता
२०७९ आश्विन ११, मंगलवार १०:११
file-photo

काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कपनस्थित करुणा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । मौसम खराब भएकाले सोमबार उद्धार गर्न सकिएको थिएन ।

अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको छ ।