देशभर डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १०, सोमबार १५:५०
file-photo

काठमाडौं । देशभर डेंगु सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता हालसम्म ३२ जनाको डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार, हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ ।

त्यसैगरी, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।