हेटौंडाको डाटा सेन्टरमा लागेको आगो नियन्त्रणमा आयो

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार १७:०५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ ।

सेन्टरको ब्याट्री ब्याकपमा करेन्ट सट भएर लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले तु खबरलाई जानकारी दिए ।

उनका अनुसार, दिउँसो २ बजेर ५० मिनेको समयमा लागेको आगो ४ बजेर ४० मिनेटको समयमा नियन्त्रणमा आएको हो । आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन गरिएको थियो ।

आगोलागिबाट के–कति क्षति भएको भन्नेबारे विस्तृत विवरण नआएको प्रहरीले निरीक्षक घिमिरेले बताए ।