हेटौंडाको डाटा सेन्टरमा आगलागी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आइतबार दिउँसो आगलागी भएको छ ।
सेन्टरको ब्याट्री ब्याकपमा करेन्ट सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
उनका अनुसार, करिब १ घण्टादेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ ।
हाल घटनास्थलमा प्रहरी निरीक्षक रामचन्द्र घिमिरेसहितको टोरी रहेका छन् ।
