मनहरीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर

तु खबर संवाददाता
२०७९ आश्विन ८, शनिबार १६:५८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ बसन्तपुरमा महिलाको पाठेघरको क्यान्सरसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

उक्त शिविर जेसीआई बस्तिपुर हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्वर ५ को समन्वयमा सम्पन्न भएको हो ।

शिविरमा ७४ जनाको स्वास्थ्य जाँच गरिएको थियो । नेपाल स्वास्थ्यकर्मी संघ हेटौंडा उपमहानगरपालिका समितिले शिविरका लागि आवश्यक औषधि सहयोग गरिएको थियो ।

शिविर जेसीआई बस्तिपुरका अध्यक्ष रमेश उप्रेतीको अध्यक्षता तथा वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको हो ।