ट्रकको ठक्कबारट एक जनाको मृत्यु
ललितपुर । ललितपुरको ग्वार्कोमा ट्रकले ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार साँझ बाटो काट्ने क्रममा बा २ ख ८४ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा सिन्धुलीका ४२ वर्षिय नरबहादुर कामीको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
