मकवानपुरमा थप २७ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ एकैदिन २४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मनहरी गाउँपालिकाका एक जना र भीमफेदी गाउँपालिकाका दुई जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या २ हजार १३५ जना पुगेको जसमध्ये महिला ९१७ र पुरुष १ हजार २१८ रहेका छन् । जिल्ला उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
