हेटौंडामा रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान संचालन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट निःशुल्क रुपमा रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान संचालन भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले ‘एक स्वास्थ्यको अवलम्वन, रेविजबाट शुन्य निधन’ भन्ने नारासहित आजबाट भ्याक्सिन लगाउने अभियान संचालन गरिएको हो ।
हेटौंडा– ४ कर्रास्थित कार्यालय परिसरमा संचालन भएको उक्त अभियान आजबाट असोज १२ गतेसम्म संचालन हुने भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
उनका अनुसार, घरपालुवा तथा घर बाहिरका कुकुर, बिरालो र बाँदरलगायत जनावरहरुलाई भ्याक्सिन लगाउन सकिने छ । साथै उनले उक्त सेवा जिल्ला भित्रका वा बाहिरका सबैले लिन सकिनेछ ।
ती जनावरहरुलाई भ्याक्सिन लगाउनुभन्दा कम्तिमा पनि एक हप्ताअघि आन्तरिक परिजीवी (नाम्ले, जुका) लगायतको औषधि भने अनिवार्य रुपमा खुवाइएको हुनुपर्नेछ ।
