बसको ठक्करबाट श्रेष्ठको मृत्यु
काठमाडौं । भक्तपुरमा पर्यटक बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, श्रेष्ठलाई बुधबार साँझ सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नं. को बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
