मकवानपुरमा सवारी दुर्घटना, एक जना घाइते
मकवानपुर । मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मंगलबार साँझ मनहरी गाउँपालिका वडा नम्वर ८ देवकोटस्थित भित्री सडकखण्डमा देवकोटबाट मनहरीतर्फ आउँदै गरेको ना ६९ प ३११६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका वडा नम्वर ६ नयाँवस्ति बस्ने २६ वर्षीय अमिर लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घाइते लामालाई उपचारको लागि चितवनको भरतपुर लगिएको छ । उनको खुट्टामा चोट लागेको र अवस्था मध्यन रहेको जनाइएको छ ।
