न्यूयोर्कमा भएको आगलागीमा बाह्रको मृत्यु

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १७:३९
तस्बिर–गुगल

न्युयोर्क, १४ पुस । अमेरिकी सहर न्यूयोर्कको ब्रोन्स््मा रहेको एक अपार्टमेन्टमा बिहीबार भएको आगलागीमा परीमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।

न्यूयोर्क सहरमा दशकाँैपछि भएको यस दुर्घटनाका कारण अन्य चार व्यक्ति गम्भीर घाइते भएका प्राप्त समाचारमा जनाइएको छ ।

ब्रोन्स् सहरमा अवस्थित चिडियाखानाको अगाडिपट्टी रहेको २५ तले यस अपार्टमेन्टमा स्थानीय समयाअनुसार बिहीबार साँझ ७ बजे आगलागी सुरु भएको थियो ।

न्यूयोर्कको यो सहरमा अवस्थित ब्रोन्स् चिडियाखाना विश्वकै एक प्रख्यात पर्यटकीय गन्तव्यस्थल हो । आगलागीमा परी मृत्यु हुनेमा एक वर्षीय बालक पनि रहेका थिए ।

उक्त सहरमा बिहीबारको तापक्रम शुन्य डिग्री सेल्सियस थियो । यस्तो जाडोमा के कसरी आगलागी भएको हो भन्ने बारेमा प्रहरीले खोजी गरिरहेको बताएको छ । -(रासस/एएफपी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*