कर्मचारी सञ्चय कोषद्वारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७९ आश्विन १, शनिबार ०९:२५

मकवानपुर । कर्मचारी सञ्चय कोषको ६१ औं वार्षिक उत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा रहेको ॐ बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको हो ।

कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र लामिछानेसहितका कर्मचारी परिवारले ॐ बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ र कोषाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिनालाई खाद्यान्न तथा फलफुल सहयोग गरेका थिए ।

चामल दुई बोरा, दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, तेल ५ लिटर, नुन ५ पाकेट, मस्यौरा १ बोरा, फ्रुटी एक कार्टुन, मसला १ केजी, भुजा २ केजी, चिउरा ५ केजी, बिस्कुट ५ पाकेट, फलफुल ५ किलो, आलु ५ किलो र तरकारीहरु फर्सी, स्कुस, कागती बृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।