प्रतिनिधि सभाको बैठक बुधबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०७९ भाद्र २८, मंगलवार १७:३३
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।

भोलि बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।