मकवानपुरमा डेंगुका संक्रमित बढ्दै
मकवानपुर । प्रकोपको रुप लिइरहेको डेंगुका विरामी दिनप्रतिदिन बढीरहेका छन् । मकवानपुरमा संक्रमितको संख्या १ हजार २०७ पुगेको छ भने बागमती प्रदेशमा हालसम्म ७ हजार ५३२ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा आज एकैदिन थप ८७८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
सोमबार संक्रमितको संख्या ६ हजार ६५४ रहेकोमा आज ७ हजार ५३२ पुगेको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र झाले जानकारी दिए ।
प्रदेशको १३ जिल्लामध्ये ललितपुरमा ३ हजार ७९३ काठमाडौँमा १ हजार ७९७, मकवानपुरमा १ हजार २०७, चितवनमा १७९, धादिङमा १२१ रहेका छन् । बाँकी अन्य जिल्लाहरुमा रहेको झाले बताए ।
