हेटौंडामा सवारी दुर्घटना, एक जना घाइते
मकवानपुर । हेटौंडा आज मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआईटी बस्ने ३२ वर्षीया सुस्मा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ औद्योगिक क्षेत्र अगाडि सडकखण्डमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ५३ प ३३१० नम्वरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३४६६ नम्वरको ट्रकलले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।
घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घाइतेको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरीले ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २ बस्ने ३८ वर्षीय राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
