आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ भाद्र २८, मंगलवार ०९:०४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ भने राती गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।