मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २७, सोमबार १५:५८
सांकेतिक तस्वीर

वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबट एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार राति पटेर्वासुगौली गाउँपालिका–१ स्थित सडकमा प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पैदलयात्री ४५ वर्षकी फुलमती देवी खातुन रहेका छन् । मोटरसाइकलको ठक्करबाट महिला गम्भीर घाइते भएका खातुनलाई तत्कालै उद्दार गरी उपचारको लागि वीरगञ्जको नारायणी अस्पताल ल्याइएको थियो ।

उनको उपचारकै क्रममा आइतबार राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले चालक पटेर्वासुगौली–१ का ३५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।