विना निष्कर्ष टुंगियो गठबन्धनका शीर्ष नेताको बैठक
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको जानकारी दिए । उनका अनुसार, गठबन्धनको अर्को बैठक भोलि बिहान ८ बजे बस्ने गरी बोलाइएको छ ।
